शनिवार बस्ने गरी सकियो नेकपा सचिवालय बैठक


मंसिर १७,काठमाडौं
बुधवार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही बेर बसेर शनिवार बस्ने गरी सकिएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि सचिवालय बैठक केही मिनेट बसेर सकिएको हो ।
एकजना अध्यक्ष ओली बैठकमा नगएपछि कार्यकारी अध्यक्षसहितको सचिवालय बैठकले २० गते फेरि बस्ने निर्णय लिएको हो । यससँगै विहिबार बस्ने भनिएको स्थायी कमिटी बैठक पनि सरेको छ ।
ओली नगएपछि नेकपा सचिवालय बैठक केहीबेर बसेर स्थगित भएको हो । आगामी २० गते शनिबार गते बस्नेगरी सचिवालय बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
यसअघि नेकपाले स्थायी कमिटीको बैठक विहिवार र केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेलाई बोलाएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाका अनुसार बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अर्को बैठक २० गते शनिवार बिहान ११ बजे र स्थायी कमिटी बैठक २१ गते आइतवार बस्ने बताएका छन् ।
बुधवार प्रधानमन्त्री एवम् अध्यक्ष ओली सहभागी हुने भनेपछि दिउँसो १ बजेको निर्धारित बैठक २ बजेलाई सारिएको थियो । तर २ बजेपछि सुरु भएको बैठकमा पनि प्रधानमन्त्री उपस्थित नभएपछि केहीबेर मात्रै बसेर स्थगित भएको हो ।
मंगलवार मंसिर १६ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डबीच चर्काचर्की भएको थियो । अध्यक्ष ओली बुधवारको बैठकमा सहभागी नहुने बताइएको थियो ।
कात्तिक २८ गते शुक्रवार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड र मंसिर १३ गते शनिवारको बैठकमा प्रधानमन्त्री ओलीले एक अर्कालाई आरोप लगाउँदै प्रतिवेदन पेश गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार